विशेष

कांग्रेस अझै ‘फुटाउ र राज गर’ भन्ने नीतिमा लागे मुलुक २० बर्षका लागि कम्न्युष्टमय हुंदैछ

काठमाण्डौ । ०७० सालमा शुशील कोईराला नेपाली काँग्रेसको सभापति थिए । उनलाई प्रधानमन्त्री बनाउने पार्टीको घोषणापत्र अनुसार दोस्रो संबिधानसभाको निर्बाचनमा पार्टी होम्यो । ०६४ सालमा दोस्रो भएको काँग्रेस उक्त निर्बाचनमा पहिलो भयो । शुशील कोईराला प्रधानमन्त्री बने ।

-रजिना माझी

देशको बिकासका लागी खासै केही नगरेपनि भ्रष्टाचारमा भने उनको आफ्नो आचरण स्वच्छ बनाए । उनको कार्यकालमा भारतले दिएको तीब्र दबाबलाई बेवास्ता गर्दै नेपालको गणतान्त्रीक संबिधान घोषणा गराएरै छाडे । काँग्रेसको १३ औं महाधिवेशन आउदै थियो, त्यसैबीचमा सभापति कोईरालाको निधन भयो ।

एकाएक तेह्रौं माहाधिवेशन पनि भयो, शेरबहादुर देउवा काँग्रेस सभापति बने, देउवा शक्तीशाली सभापति बने तर उनले काँग्रेसलाई गतिलोसंग हाँक्न सकेनन्, सभापति देउवा प्रधानमन्त्री पनि बने उनले देशलाई हाँन सकेनन्, जनताको ब्यपक बिरोध आईरह्यो, चाहे प्रधानन्यायधीश शुशीला कार्कीलाई महाअधियोग लगाएको काण्ड होस, चाहे बीबीसी साझा सवाल काण्ड हो, नवराज सिलवाललाई आईजीपी नबनाएको काण्ड त जम्बो मन्त्रीमण्डल बनाएको काण्ड, यस्ता काण्डको जनतालाई चित्तबुझ्दो उत्तर सभापति देउवाले दिन सकेनन् । प्रधानमन्त्री हुंदा आफूले कतिपय राम्रा कामहरु समेत गरेका थिए तर उनले राम्रा कामको समेत प्रचार गर्न सकेनन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, डा. शेखर कोईराला, महेश आचार्य, रामशरण महत, अर्जुन नरसिंह केसी लगायतका सिनियर नेताहरुले नराम्रोसंग हार ब्यहोनुपर्यो ।

सभापति देउवा अभागी हुन् या उनले पार्टी चलाउन जानेनन् त्यो बिश्लेशण हुंदैगर्ला तर अहिले काँग्रेस खुट्टामा गोली लागेको बाग बाघजस्तो भएको छ । यसको उपचार गर्ने कि उक्त घाउलाई त्यतीकै छडेर कुहिएर बाघ मर्न दिने भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

०७० सालका दोस्रो र तेस्रो दर्जाका पार्टीहरु नेकपा एमालेले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल सरकारमा नाम सिफारिस गर्न बालुवाटारमा ब्यस्त भईरहेका बेला कााग्रेस नेताहरु वार्टीलाई पुनर्जिबित गर्ने तनावमा ब्यस्त किन हुनुपर्यो यसको उक्तर खोज्ने बेला भएको छ ।

स्थानीय तहको निर्बाचनमा काँग्रेससँग मिलेर निर्बाचनमा होमिएको माओबादी केन्द्रले प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा निर्बाचन तालमेलसँगै पार्टी नै एकीकरण गर्ने सहमती गरेको थियो । नेपाली काँग्रेस लगायतका नेताहरुले माओबादी केन्द्र र एमालेको एकीकरण निर्बाचन सम्पन्न हुनजेलसम्म भनेर बिश्लेशण गरेपनि ७ बुंदे सहमतीसहित दुई पार्टी एकीकरणको अन्तिम रुप आउन लागेको अवस्था छ ।

काँग्रेसले भर्खरै सकिएका तीन महत्वपूर्ण निर्बाचनमा अवस्था कमजोर देखिएपछि आफ्नो संगठन मजबुत बनाउने अभिप्रायले पार्टीलाई दीशा दिन केन्द्रीय समिती बैठक बोलाएको, उक्त बैठकले पार्टीको आगामी दिनको भबिश्यको बारेमा भाग्यरेखा कोर्ने अनुमान लगाईएको छ ।

बिश्लेशकहरुले भन्छन् माओबादी र एमलेको मिलनमा अmझै पनि समस्या छ, दुबै पार्टीका माथील्लो तहका नेताहरु ब्यावस्थापन नै गाह्रो छ। तल्लो तहमा आएपछि झनै समस्या हुन्छ उनीहरुको बिशलेशणमा माओबादी केन्द्रका अध्यक्ष दहाललाई अध्यक्ष दिए एमले सिद्धिन्छ, उनी दोस्रो दर्जामा गए आफैं सिद्धिन्छन् र एकीकरणमा सामेल हुन्नन् ।

अन्तिम खाका तयार भएकाले एकता भाँडिने सम्भाबना भने देखिदैन, केन्द्रको सहयोगमा एमले अध्यक्ष ओली प्रधानमन्त्री बनिसकेका छन्, शीर्ष नेताहरु प्रायः पार्टी एकीकरणको अन्तिम खाकाका लागी तयारी अवस्थामा रहिरहेका छन् । एउटा फरक कुरा चैं के भने माओबादी केन्द्रका गोेपाल किराँती लगायत केही नेताहरुले अर्को पार्टी खोल्न सक्छन् भने एमालेका केही नेताहरुले पनि अर्को छुट्टै पार्टी दर्ता गर्न सक्छन् । कुन लेवलका नेताहरुले पार्टी फुटाउछन् र त्यसले जनतामा कस्तो प्रभाब पार्छ त्यो भने निर्बाचनसम्म पखिनुपर्ने हुन्छ । माओबादी, एमाले लगायतका कम्न्युष्टहरुले के गर्छन् त्यो काँग्रेसले चासो लिएपनि उनीहरुलाई फुटाउनेतिर लाग्नु हुन्न । उनीहरु केही समयका लागी फुटेपनि अन्ततोगत्वा मिल्ने निश्चित छ ।

एक समय नेकपा एमालेको अध्यक्ष समेत भएका अशोक राई पार्टी छाड्नाले हाल राजनीति शून्य अवस्थामा छन् । त्यो नजिर पनि एमाले माओबादी केन्द्रका नेताहरुलाई छ । पहिले एमाले फुटे्र माले भएको र दुबै पार्टीलाई घाटा भएको नजिर पनि उनीहरुलाई छ त्यसैले त्यति सजिलै एमाले माओबादी केन्द्रको एकीकरण तुहिदैन, काँग्रेसले आफ्नो संगठन दह्रो बनाउन फुटाउ र राज गर भन्ने नीति भन्दा सबै मिलेपनि आफूलाई कसैले बिगार्न नसक्ने नीति ल्याएर जनताको प्यारो पार्टी हुने जमाना आयो, त्यसो नगरे कम्न्युष्टहरुले पाँच बर्ष हैन, २० बर्षका लागी जनताको मत लगे भन्ने काँग्रेसले बुझे हुन्छ ।

अब चतुर र देशको लागी सबैभन्दा बढी माया गर्ने पार्टी भएर नेपाली कााग्रेसले जनतामाझ उभिन जरुरी छ ।