राजनीति

राष्ट्रपति निर्बाचन फागुन २९ गते, यस्तो छ कार्यतालिका

काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन २०७४ साल फागुन २९ गते सम्पन्न गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले राष्ट्रपति तथा उपर्राष्ट्रपति निर्बाचनको मिति तय गरेको छ ।

निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम यहि फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको हो । यसै बैठकले राष्ट्रपति निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । उक्त मिति तय गर्नुपूर्व आयोगका पदाधिकारीहरुले सम्माननीय प्रधानमन्त्री तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक परामर्श र छलफल गरेपछि निर्बाचनको मिति तोकेको आयोगले जनाएको छ ।

आयोगको निर्णय यस प्रकार रहेको छ :–
“(क) संवत् २०७४ साल फागुन २९ गते मंगलबारका दिन विहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुुने गरी राष्ट्रपतिको निर्वाचनको मिति तोक्ने,
(ख) २०७४ साल फागुन २९ गते मंगलबारका दिन राष्ट्रपतिको निर्वाचन हुने गरी मिति तोकेको जानकारी नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउने । ”