पु.समाचार

गुणस्तरहीन वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण

काठमाडौँ । मुलुकमा उत्पादित एवं विदेशबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूल एवं पशुपक्षीलगायत गुणस्तरहीन तथा विषादीयुक्त वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण गरिने भएको छ ।

कृषि विकास, पशुपक्षी विकास, अर्थ र वाणिज्य मन्त्रालयका प्रमुखको आज बसेको बैठकले सरकारले तोकेको मात्राभन्दा बढी विषादीयुक्त तरकारी एवं फलफूलको उपभोग र आयातलाई निरुत्साहन गर्न त्यस्ता वस्तुलाई जफत तथा नियन्त्रण गर्ने निर्णय गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता रामकृष्ण अधिकारीले जानकारी दिए ।

तरकारी तथा फलफूल प्रमाणीकरण गर्ने विद्यमान व्यवस्थामा सुधार ल्याउन कृषि मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय भएको छ । तरकारी, फलफूल, बीउबिजन र पशुपक्षी आयात गर्न पाउने नाका हरेक प्रदेशमा कम्तीमा एउटा रहने गरी तोक्ने निर्णय भएको छ ।