पु.समाचार

आईतबारको काँग्रेस बैठकले पार्टीको आगामी दीशा लगायतका बिषयमा यस्ता निर्णय गर्दैछ

काठमाडौँ । नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ ।  उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ ।
बिहीबार बैठक राख्ने भनिएपनि आन्तरिक रुपमा छलफल नै नगरी बैठक बैलाएको भन्दै रामचन्द्र पौडेल पक्षले केही दिन सार्न भनेपछि सभापति देउवाले पार्टी सचिवालयलाई आईतबार बिहानकालागि बैठक डाक्न भनेका हुन् ।

स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्बाचनपश्चात बस्न काँग्रेस केन्द्रीय समितिको बैठकले आगामी दीशाका लागि महत्वपूर्ण निर्णय गर्नुुपर्ने बाध्यता छ भने अर्कोतिर देउवा सरकारले सिफारिस गरेका राष्ट्रिय सभाका तीन साँसदहरुको ओली सरकारले परिवर्तन गरेपछि काँग्रेस बर्तमान ओली सरकारसँग रुष्ट छ ।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले अझैपनि पार्टीम उपसभापति, माहामन्त्री, कोशाध्यक्ष लगायत केही केन्द्रीय समिति सदस्यहरु र बिभागहरु गठन गर्न सकेका छैनन् भने अर्कोतिर पार्टीका भातृसंस्था तरुण दल लगायतका कमिटिहरु फुल बनाउन सकेका छैनन् ।
उक्त बैठकमा यस बिषयमा समेत चर्को रुपमा आवाज उठ्ने नेपाली काँग्रेसका एक केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए ।