आर्थिक

डेढ करोड ठगी गर्ने बज्राचार्य यसरी परे प्रहरी खोरमा

काठमाण्डौ । आफ्नो हक भोग नभएको जग्गालाई आफ्नो देखाई माछापुच्छ्रे बैङ्कको शाखा कार्यालय पुतलीसडकबाट रु १ करोड ४२ लाख कर्जा लिई ठगी गर्ने एक ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकलाई हानी नोक्सानी पुर्याउने काठमाण्डौ महानगरपालिका ३०, धोविधारा बस्ने वर्ष ५५ का विनायक प्रेसका संचालक अशोक हर्ष बज्राचार्यलाई बैकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी उच्च अदालत पाटनबाट दिन (७) सात को म्याद थप भई ‍ बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको ब्यूरोले जनाएको छ । ।