पु.समाचार

कुख्यात मन मनोज पुन र उनका सहयोगी प्रहरी इन्काउण्टरमा मारिए

काठमाण्डौ । उद्योगी ब्याबशायीलाई धम्क्याएर करोडौ रुपपैयाँ असुल्दै आएका गुण्डा नाईके मनोज पुनः प्रहरी ईन्काउण्टरमा मारिएका छन् । पुनको साथसाथै प्रहरीको ईन्काउण्टरमा उनका राईटह्याण्डदेबदह नगरपालीका-४ भवानीपुरमा प्रहरीसंग भेट भएपछि प्रहरीले जवाफी फयरिगं गर्दा गुण्डा नाईके पुनको मृत्यु भएको थियो । उनीहरु प्रहरीसंगको भेटपछि भाग्न खोजेका थिए ।

कुख्यात नामले चिनीने पुनप्रति भारतमा बसेर बिशेषगरी बुटबलतिर चन्दा आतंक मच्चाईरेका पुनलाई नेपाल प्रहरी र सिआईबिले निगरानी राखिराखेको थियो । नेकपा एमोको भातृसंगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारी र निर्माण ब्याबशायी माहासंघका अध्यक्ष शरद गौचनको हत्या पश्चात उनलाई प्रहरीले मष्टवाण्टेड सूचीमा समेत राखेको थयो ।
गोली लागेर घाईते भएका पुन र उनका सहयोगी सोम आलेलाई प्रहरीले घाईते हुनेबित्तिकै लुम्बिनी अ१चल अस्पताल लगेको थियो । उनको त्यहीबेला बुधबार नै मृत्यु भएको एसएसपी दिपक थापाले बताएका छन् ।