राजनीति

देउवाको गैरजिममेवार अभिब्यक्तीका कारण कार्यकर्ताको मनोबल गिर्यो – डा. कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले सभापती शेरबहादुर देउवाको गैरजिम्मेवार अभिब्यक्तीका कारण कार्यकर्ताको मनोबल कमजोर भएको बताएका छन्।

डा कोईरालाले भने, “सभापतीजीले पार्टी हारेको हैन, ब्यक्ती हारेको भनेर भन्न सुहाउँछ ?” कोईरालाले अहिलेको बिधानबाट पार्टी चल्न नसक्ने बताउदै जतिसक्दो छिटो महासमितीको बोलाएर पार्टीलाई संघिय संरचनामा लैजानुपर्ने बताए।नेतृत्वबाट महासमिती बैठक रोक्ने षडयन्त्र भैरहेको भन्दै त्यसतर्फ खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे।

प्रजातन्त्र सेनानी संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गदै विपी कोईरालाको राष्ट्रियता र समाजबादको पुनपरिभाषा गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा चितवन काँग्रेसका सभापती जितनारायण श्रेष्ठ र प्रजातन्त्र सेनानी संघका केन्द्रीय सभापती टंक शर्मा कँडेलले अहिलेको नेतृत्वबाट अब पार्टी चल्न नसक्ने बताउदै नेतृत्व परिबर्तनको बिकल्प नभएको बताए।