स्वास्थ्य

हुम्ला र डोल्पामा हवाई एम्बुलेन्सको व्यवस्था गर्नेः मन्त्री रावल

सुर्खेत । प्रदेश नं ६ का सामाजिक विकासमन्त्री दलबहादुर रावलले यातायात नपुगेका जिल्लामा हवाई एम्बुलेन्सको व्यवस्था गर्ने बताएका छन् । यातायातले नछोएका कर्णालीका हुम्ला र डोल्पाका नागरिकलाई यातायातका कारण उपचारमा समस्या आउने गरेको छ, आज मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै उनले भने– “त्यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउनका लागि हवाई एम्बुलेन्सको व्यवस्था गरिनेछ ।”

मन्त्री रावलले दुर्गमका नागरिकले अब उपचारको अभावमा ज्यान गुमाउन नपर्ने बताउँदै उनीहरुका लागि हवाई एम्बुलेन्सको व्यवस्था गरिने धारणा व्यक्त गरे ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउनका लागि मन्त्रालयले कार्ययोजना निर्माण गरेर अगाडि बढ्ने बताउँदै उनले प्रदेश नं ६ का नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन थप सहयोगका लागि आफूले केन्द्रीय सरकारसँग पहल गर्ने जानकारी दिए ।

मन्त्री रावलले नेपाल सरकारले निःशुल्क रुपमा दिँदै आएको औषधि पनि दुर्गमका नागरिकले नपाएकोमा दुःख व्यक्त गर्दै प्रदेश सरकारले यहाँका नागरिकका लागि अब पर्याप्त मात्रामा औषधि उपलब्ध गराउन पहल गर्ने बताए ।

दुर्गमका अस्पतालमा भएका उपकरण पनि प्रयोगविहीन अवस्थामा रहेको छ, त्यसैले अब अत्याधुनिक प्रविधिका उपकरण उपलब्ध गराउन आफू लागिपर्ने प्रतिवद्धता उहाँले व्यक्त गरे ।