राजनीति

देउवा सरकारले गरेका निर्णय ओली सरकारले उल्ट्याएपछि ओलीको दिनगन्ती शुरु भएको काँग्रेस नेताहरुको आयो प्रतिकृया

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि पूर्ब गभर्नर युवराज खतिवडा सहित तीन नाम राष्ट्रपतिकोमा पठाईएको छ । । यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नाम पठाउनेबारे वाम गठबन्धनमा परामर्श गरेका थिए ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिकोमा पठाईएका नामहरु फिर्ता गरी नयाँ नामहरु बर्तमान सरकारले पठाएपछि एमालेसंग काँग्रेसको दूरी एक स्टेप बढेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हिजो नै अघिल्लो सरकारले गरेका निर्णयहरु उल्ट्याए ओली सरकारको आफ्नै बैधानिकतामाथी प्रश्न चिन्ह खडा हुने प्रतिकृया दिएका थिए ।
काँग्रेसका प्रभाबशाली नेता समकेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणले अघिल्लो सरकारले गरेका निर्णय फिर्ता लिएर ओली सरकारले असंबैधानिक बाटो रोजेको बताएका छन् ।
मंगलबार रातीमात्र नेकपा एमाले र माओबादी केन्द्रले पार्टी एकीकरणका लागि हस्ताक्षर गरेर मुलुकलाई समृद्धतिर लागे बताएपनि कााग्रेस जस्तो पुरानो लोकतान्त्रीक पार्टी संग दूरी बढाएर अगाडी बढ्न असहज हुने अनुमान राजनीतिकबृतमा लाग्न थालेको छ ।
नेपाली काँग्रेसको संख्यात्मक रुपमा साँसदहरु कम भएपनि अन्तर्राष्ट्रिय रुपमा उसको साख छ भने उ निबिकल्प प्रमुख प्रतिपक्षी दल समेत हो ।
सरकारले काँग्रेसलाई चिढ्याउनु उसकालागी घातकमात्र होईन सरकारका दिन्गन्ती समेत शुरु भएको काँग्रेस नेताहरुले बताउन थालेका छन् ।
एमाले नेताहरुले पनि सानो कुरामा प्रधानमन्त्री ओली नअड्कि अगानडि बढ्नुपर्ने प्रतिकृया दिन थालेका छन् ।