विशेष

पालैपालो नेतृत्व गर्ने ७ बुंदे सहमती सहित एमाले माओबादी यसरी भए एकीकरण

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टीबीच पालैपालो अध्यक्ष र प्रधानमन्त्री बन्ने गरी सहमीतपत्रमा हस्ताक्षर भएको छ ।

यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी रहेर आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन बसेको कार्यदल बैठकले ७ बुंदे सहमति गर्दै पार्टी एकता गरेको छ ।
बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एवं नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा थिए ।

सोमबार अपरान्हदेखी राती अबेसम्म चलेको बैठकले उक्त सहमती गरेको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्बाचनबाट तालमेल थालेका माओबादी एमाले एकीकरणको पहिलो चरणको कार्य सम्पन्न भएको छ । स्थानीय तहको निर्बाचनमा भने माओबादी केन्द्रले काँग्रेससँग मिलेर निर्बाचन लडेको थियो ।

प्रजातन्त्र दिबशको दिन नै दुई ठूला बामबीच एकीकरण हुनु अर्थपूर्ण रुपमा हेरिएको छ ।

२०७४ साल फगृन ७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल पार्टी एकीकरणमा हस्ताक्षर ।