मनोरञ्जन

‘टप मोडल वल्डवाइड’ मा चौहान

काठमाडौँ । ‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान आगामी चैत २० गते बेलायतको लण्डनमा हुने ‘टप मोडल वल्डवाइड २०१८’ मा सहभागी हुने भएका छन् ।

संसारभरका मोडल सहभागी हुने उक्त प्रतियोगितामा ४० भन्दा बढीको सहभागिता रहने बताइएको छ । एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउँदा निकै गर्व लागेको प्रतियोगी चौहानले पत्रकार सम्मेलनमा बताए । सन् २०१६ देखि मोडलिङ शुरु गरेका २९ वर्षीय वीरगञ्ज, पर्सा निवासी चौहान हाल काठमाडौँमा नै रहेर आफ्नो ‘मोडलिङ करिअर’लाई अगाडि बढाइरहेका छन् । उनी ‘टप मोडेल नेपाल २०१८’ का विजेता तथा ‘म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६’का मिष्टर पर्सनालिटी हुन् । उनले नेपाली चलचित्र ‘पर्व’मा समेत अभिनय गरेका छन् ।