राजनीति

फागुन २२, २३ र २४ गते नगरकोटमा हुने तरुण दलको भेलाले ओलीको खोक्रो राष्ट्रबादको भण्डारफोर गर्ने

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलको भेला पुनः शुरु हुने भएको छ । माघ २८, २९ र फागुन १ गतेका लागि तय गरिएपनि उक्त भेला समानुपातिक निर्बाचन, राष्ट्रिय सभा निर्बाचन लगायतका मुलुकका राजीतिक परिवेशका कारण पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, माहामन्त्री शसांक कोईराला लगायतले समय दिन नसक्ने भएका कारण अनिश्चित कालका लागि स्थगन गरिएको थियो ।

उक्त कार्यक्रम तरुया दलले यही फागुन २२, २३ र २४ गते नगरकोटमा गर्ने भनिएको अध्यक्ष जितजंग बस्नेतदेवार हस्ताक्षरित बिज्ञप्तीम उल्लेख गरिएको छ । काँग्रेससभापति देउवा प्रधनमन्त्री भएका कारण मुलुकमा भएका राजनीतिक समस्याहरुलाई हल गर्न बढी समय खर्च गर्नुपरेकाले तोकिएको मितिमा अधिवेशन गर्न नसकिएको हो । हाल पार्टी सभापति देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिईसकेका छन् ।

मुलुकभरका ७५ जिल्लाका तरुण सभापतिहरु, बिदेश बिभागका प्रमुखहरु, तरुण दलका पूर्ब पदाधीकारी तथा केन्दी सदस्यहरु लगायत तरुण दलका देशभरका अगुवा नेता, कार्यकर्ताहरु उपस्तिथि भई प्रशिक्षण कार्यक्रममा भाग समेत लिने जनाईएको छ ।

नेपाली काँग्रेस सच्चिनुपर्यो, माथील्लो लेवलको नेतृत्वले सत्ता हस्तान्तरण गर्नुपयो, भनेर आवाज उठिरहेको बेला हुन लागेको नगरकोटको तरुण भेलाले काँग्रेसले सम्पन्न गरेका स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्बाचनको महत्वपूर्ण भूमिका र काँग्रसकै नेतृत्वमा बनेको संबिधानलाई लागू गर्ने दीशामा महत्वपूर्ण भूमिका खेल्ने बिश्लेशण राजनीतिकबृतमा गर्न थालिएको छ ।

पोखरा माहाधिवेशनमा सम्पन्न भएको केन्द्रीय अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिब र कोषध्यक्ष चुनेपनि बाँकी रहेका सदस्यहरु चुन्न सकेको छैन ।

प्रदेश सभा, प्रतिनिधि सभा र प्रतिनिधि सभामा भएको काँग्रेस हारको समिक्षा गर्दै भेलाले काँग्रेसलाई शसक्त बनाउन अहम भूमिका खेल्ने अनुमान लगाउन सकिन्छ ।

उक्त भेलाले एकीकरण हुंदै गएका एमाले, माओबादी केन्द्र लगायतका कम्न्युष्ट घटक दलहरु बिरुद्ध बैचारिक तर आक्रमक कदम चाल्ने अनुमान समेत तरुण नेताहरुले बताउने थालेका छन् ।

२०१० सालमा स्थापना भएके नेपाली कााग्रेसको शसक्त भातृसंस्था तरुण दल निश्किृय भएको आरोप लागेपनि पछिल्लो समयमा बिभिन्न समाजसेवी कार्यहरु गरेर जनतामा लोकप्रीयता कमाईरहेको छ । नेपाली काँग्रेसका माथीदेखी तल सम्मका नेताहरु काँग्रेसलाई सुदृढीकरण गर्ने अभियानमा लागेका कारण उक्त अभियानले सार्थकता समेत पाउन सक्ने अनुमान लगाउन सकिन्छ ।

नेपाली काँग्रेस भातृसंस्था तरुण दलले गर्ने भनिएको भोला तथा प्रशिक्षण कार्यक्रमका लागि अध्यक्ष जीतजंग बस्नेतले निकालेको प्रश बिज्ञप्ती