आर्थिक

एनआई सी एशियाको नयाँशाखारुपन्देहीको खैरेनीमा

कठमाण्डौ । एनआई सी एशिया बैंकको नयाँशाखा खोलेको छ । बैकले आईतबार देवदह न. पा. ५, खैरेनी, रुपन्देही स्थित खैरेनी शाखाको एक समारोहकाबिच देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीबाट उद्घाटन गरेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । खैरेनी शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सनकाउन्टरबाट ग्राहक महानुभावहरुमा सेवाप्रदानगर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।