राजनीति

ओली प्रधानमन्त्री बनेको तेस्रो दिनमै नेत्रबिक्रम चन्दको कार्यक्रममा प्रहरीको हस्तक्षेप

बिराटनगर । बिराटनगरको गुद्री बजारमा आययोजना भएको नेकपा माओबादी विप्लप समूहको एक कार्यक्रम प्रहरीले तितरबितर गरेको छ ।
बिप्लव समर्थक युवा जनस्वयंशेवक संगठनको तेस्रो अधिवेशनलाई स्थानीय प्रशासनले बिथोलेको हो ।
स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली, पदम राई सहित मोरङ, सुनसरीका बिभिन्न ठांउबाट आएका तीन दर्जनभन्दा बढी युवाहरुलाई प्रहरीले प्रकाउ गरेको समाचार छ । स्थानीय प्रशासनले उक्त कार्यक्रम नगर्न बताएपनि आयोजकले अटेर गरेका कारण उक्त कार्यक्रम भाँडेको प्रहरी दाबी छ । यस सम्बन्धमा केन्द्रीय माहासचिब बिप्लवको प्रतिकृया आएको छैन ।
माओबादी केन्द्र र एमालेको संयुक्त सरकार बनेको तेस्रो दिन हुन नपाउदै कम्न्युष्को कार्यक्रम बिथोलिनु राम्रो नभएको नेत्र बिक्रम चन्द समर्थक एक नेताले सुर्यखबरलाई बताए ।