मनोरञ्जन

काजल तामाङ भईन्, मिस ईकलेज २०१८

काठमाडौं । सिजन मिडियाले राजधानीको अक्षरा स्कुल काडाघारीमा शनिबार आयोजना गरेको ‘मिस ईकलेज २०१८’ मा व्रिटीस कलेजमा अध्यायनरत २० वर्षीय काजल तामाङले शीर्ष ताज चुम्न सफल भइन उनलाई मिस इकलेज २०१५ की विजेता नितिका कर्मचायले ताज पहिराइ दिएकी थिइन ।

उनले विधागत तर्फको ‘मिस पर्सनालीटीको टाइटल अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । भने उपहार स्वरुप १ लाख ८० हजार पर्ने स्कुटर त्यस्तै ५ दिनको वैङकक भ्रमण, लेटमिइनको तर्फवाट २० हजारको गिफ्ट भौचर, नेपाल एयरहोस्टेस एकाडमीको तर्फवाट ३५ हजारको छात्रावृति प्राप्त गरीन । उक्त प्रतियोगितामा सोफीया श्रेष्ठ फष्ट रनरअप र विधागत तर्फ अर्गनाइजर च्वाइस अवार्ड र वेस्ट क्रियटीभिटी अवार्ड पनि हात पारीन भने आस्मी गौतम सेकेण्ड रनरअप भइन साथै फस्ट रनरअप र सेकेन्ड रनरअपले डोगी स्माट फोन र ५ दिने थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरीन ।

अपेक्षा ढुङगाना थर्ड रनरअप साथै मिस क्याटवाकको उपाधी पनि हातपारी र अलिसा श्रेष्ठ फोर्थ रनरअप भए संगै मस्ट ट्यालेन्ट र भिर्योस अवार्ड पनि हातपारीन ।

विधागततर्फ सकिना खड्का ‘मिस पपुलर’ रविना लामिछाने मिस फेन्डसिप , सविता लामा मिस फोटोजेनिक, उर्मीला गोले मिस हेल्दी स्माइल, मनिसा वराइली मिस डिसिप्लिन, कसक प्रधान बेष्ट हेयर घोषित भए ।

त्यस्तै पासाङ लामु सेर्पा मिस फिटनेश, सोनिया श्रेष्ठ वेष्ट फिगर, करुना गुरुङ वेष्ट स्कीन, रोजीना केसी मिस स्टाइलीस, आसा लिम्वु फेशवुक लाइक अवार्ड, पेमा लामा युट्युव मल्टी मिडिया अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा नोवल कलेजका संस्थापक निर्देशक उत्तम भौकाजी ,अक्षरा स्कुलकी संस्थापक प्रिन्सीपल अन्जु भट्टराई, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी,काठमाडौं होम्सका प्रवन्ध निर्देशक सुजन लामिछाने, पत्रकार निमा काफ्ले , सिम्रिक एयरका चिफ एयर होस्टेस अस्मीता खनाल र वरिष्ठ सौदर्यकर्मी सिता न्यापाने पाठक रहेका थिए ।

साथै विभिन्न क्षेत्रका व्यक्तीहरुको भव्य रुपमा उपस्थिति रहेको थियो उक्त प्रतियोगीतामा अफिसियल कोरीयो ग्राफर रोजीन शाक्यले कार्यक्रम सन्चालन गरेका थिए भने सम्पूर्ण प्रतियोगीहरुलाई एक महिनाको लामो प्रशिक्षण पछि यो कार्यक्रम भव्य रुपमा सम्पर्न गराउन महत्व पूर्ण भुमीका खेलेका थिए । साथै अन्तिम प्रतियोगीतामा सौन्दर्यकर्मी इश्वरी श्रेष्ठ तामाङले सवै प्रतियोगीहरुलाई सुन्दर वनाएका थिए ।

उक्त कार्यक्रममा लोक गायक तथा मोडल दिनेश थापाको सांङगीतिक प्रस्तुतीले सवैलाई नचालाएका थिए भने अनु वुढा मगरको नृत्यले सवैलाई रोमान्चीत वनाएको थियो ।