खेलकुद

मारिया र सुस्मितालाई स्वर्ण

काठमाण्डौ । मारिया थापा मगर र सुस्मिता खड्काले तेश्रो आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । स्वर्ण विजेता दुवै विजेश्वरीका हुन् ।

यु–१४ गल्र्स सिंगल्सको फाइनलमा मारियाले युनिभर्सलकी आकृति राईलाई ७–११, ८–११, ११–९, १३–११ र ११–७ को सेटमा पराजित गरिन् । यु–१२ गल्र्स सिंगल्सको उपाधि भिडन्तमा सुस्मिताले आदर्श विद्या मन्दिर ९एभीएम० की इभाना थापालाई ११–८, ११–८, ६–११, ७–११ र ११–३ को सेटमा हराइन् ।

शिक्षक सिंगल्समा युनिभर्सलका सत्यदिप शर्मा पहिलो, चाँदबागका दुर्गेश मल्ल दोश्रो तथा श्रृजना ज्ञान सागरका राजकृष्ण महर्जन र चाँदबागकै सरोज मानन्धर तेश्रो भए ।

शिक्षीकातर्फ सिंगल्समा आयोजक आरुणीकी अस्मिता ढुंगेलले स्वर्ण, चाँदबागकी सुजाता श्रेष्ठले रजत तथा आरुणीकी मेणुका श्रेष्ठ र कान्तिपुरकी सरिना अधिकारीले कांस्य हात पारे ।

यु–१६ गल्र्स सिंगल्समा आरुणीकी प्रकृति गुरुङ र स्वर्णिमकी स्मृति पन्त फाइनलमा प्रवेश गरेका छन् । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा ४६ विद्यालयका ६ सय ८० खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।