राजनीति

नेविसंघलाई नयां ढंगबाट अगाडि बढाउनुपर्छ : युवा नेताहरु

विराटनगर । नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नुु परेकाले भातृसंघ संगठनका भावना बुुझ्ने नेतृत्व आवश्यक रहेको सहभागीहरुको भनाई छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गुुरुराज घिमिरे तथा नेविसंघका महामन्त्री कुुन्दनराज काफ्लेले नेविसंघलाई नया ढंगबाट अब लैजानुुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेविसंघका पुूर्व केन्द्रीय सदस्य ललित श्रेष्ठ, नेविसंघका सहमहामन्त्री कृष्ण कार्कीले पार्टीको मनोबल उच्च बनाउने जिम्मेवारी अब नेविसंघको काँधमा आएको बताए ।

दुुईदिने प्रशिक्षण कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुुरुङ, गुुरुराज घिमिरे तथा प्रदीप पौडेलले प्रशिक्षण दिएका थिए ।

नेपाल विद्यार्थी संघ क्षेत्र नं। ३ को आयोजनामा भएको कार्यक्रममा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका नेविसंघका सभापति तथा प्रतिनिधिगरी चार सयभन्दा बढीको सहभागिता रहेको कार्यक्रमका संयोजक होम पोखरेलले बताए ।