पु.समाचार

हत्या गरिएको अवस्थामा शव फेला

गौशाला । महोत्तरी मटिहानी नगरपालिकामा आज हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । मटिहानी नगरपालिका– ७ स्थित पानी ट्यांकी अगाडि स्थानीयवासी गणेश ठाकुरका छोरा ३० वर्षीय रमेश ठाकुर भन्ने कारी ठाकुरको शव हत्या गरिएको अवस्थामा फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए।

मृतक ठाकुरको टाउँकोमा धारिलो हतियार प्रहार गरिएको र शरीरभरि निलडाम भएको अवस्थामा शव फेला परेको उनले बताए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको छ भने शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।