मनोरञ्जन

भारत, नेपालपछि पकिस्तानमा समेत भाईरल भईन् प्रिया, ०.३४ सकेण्डमा झण्डै ६ लाखले गूगल सर्च गरे

काठमाण्डौ । बिगत केहि समय अगाडि देखि सामाजिक सञ्जालमा भाईरल भएकी भारतीय नायीका प्रिया प्रकाश वारियर एक सिनेमामा देखिदैछिन् । प्रियाको अभिनय रहने फिल्मको सानो क्लिप बिगत केहि समय यता फेसबुक, युट्युब, ट्वीटर, ईन्ष्टाग्राम लगायत सामाजिक सञ्जालमा भाईरल भएको थियो । युट्युवमा ३ मीनट १६ सेकेण्डको पुरा भीडियोमा करिब १ मिनेट ४५ सेकेन्ड जतिकासिनमा उनले आँखाको ईशारा गर्छिन् ।स्कुलको कुनै एउटा भीडमा दुई युवा युवती आखाँ आखाँले आफ्नो मायाँलाई ब्यक्त गरेका हुन्छन्, उनले पहिलो फिल्म रिलिज हुनुभन्दा अगाडि नै हिटको बाटोमा लागिसकेकी छन् ।

केरलाकी १८ बर्षकी प्रियाले खेल्ने भनिएको सिनेमा अरु अदार लभ हो । उनलाई गूगगलमा ०.३४ सेकेण्डमा झण्डै ६ लाखले खोजेका छन् । नेपाल र भारतमा केही समय यता यो भीडियो क्लिप सामाजिक सञ्जालहरुमा एक्दमै भाईरल भएको थियो र आज भोली पनि एक भिडियो क्लिप भाईरल भईरहेको छ उक्त भिडियो करिब २४ सेकन्डको छ उक्त भीडियोमा ति दुई जोडिले कक्षाकोठामा बसेका हुन्छन् र केटीले उक्त केटालाई आफ्नो हातमाचुम्मन गरी बन्दुक लोड गरेर आफ्नो मायाँको गोली हान्छिन् यसै भिडियो हाल भाईरल भईरहेको छ । अहिलेको समयमा भने उक्त भिडियो नेपाल र भारतमा मात्रै नभई पकिस्तानमा पनि भाईरल भईरहेको छ । सलमान खानले यस बारेमा आफ्नो भनाई ब्यत गरेका छन् ।

उनले भनेका छन्:-
“पाकिस्तानी जिस प्रिया की आंख पर पिघल रहे हैं, उनसे अच्छी तो पाकिस्तान के गांवों की लड़कियां हैं। बिना मेकअप के वो ज़्यादा खूबसूरत हैं। बस सोच का फर्क है।” 
यतिबेला सामाजिक सञ्जालमा प्रियालाई मन पराउने सायद कमै होलान् बिशेषतः युवाहरु उनको फोटो हेरेर पागल भएका छन् यतिबेला युवाहरु आपूmले मनपराएको अभिब्यतिmहरु पनिसामाजिक सञ्जालमा प्रशस्तै देख्न सकिन्छ । सामाजिक सञ्जालमाहरुमा प्रियाको फोटो लाईक गर्ने, कमेन्ट गर्ने, अपलोड गर्नेहरुको संख्या समेत बढ्दै गएको । उनको बन्दै गरेको फिल्ममा पनि बलिउड दर्शकशरुको आर्षण बढ्दै गएको देखिएको छ ।