स्वास्थ्य

कलैयामा नौ कुष्ठरोगी

कलैया । कलैया उपमहानगरपालिकामा नौ कुष्ठरोगी भेटिएका छन् ।
उपमहानगरपालिका, सामाजिक विभाग महाशाखाले २७ वटै वडामा कुष्ठरोग खोजतलास अभियान चलाउँदा नयाँ चार जना फेला परेको र पुराना पाँच जना कुष्ठरोगी रहेको जनाएको छ । गत माघ २१ देखि २५ गतेसम्म एक लाख १५ हजार ६१६ महिला, पुरुष र बालबालिकालाई जाँच गर्दा महिला तीन र पुरुष एक कुष्ठरोगी फेला परेकोे सामाजिक विभाग महाशाखाका संयोजक अनिल पाण्डेले जानकारी दिए ।