पर्यटन/संस्कृति

‘ग्याल्बो ल्होसार’ सम्पन्न

काठमाडौँ । हिमाली भेग तथा त्यस वरपर क्षेत्रमा बसोबास गर्ने समुदायले ‘ग्याल्बो ल्होसार’ आज मनाएका छन् ।

विशेषगरी बौद्ध धर्मको महायानी सम्प्रदायका शेर्पा जातिले नयाँ वर्षका रुपमा आज ल्होसार पर्व मनाए । बाह्र जनावरका नामबाट वर्ष परिवर्तन हुने विश्वासका अनुसार चरा वर्ष आजदेखि कुकुर वर्षमा प्रवेश गरेको छ । । शेर्पा जातिको नयाँ वर्ष ग्याल्बो ल्होसारले धर्मसंस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सहयोग पुग्ने बौद्ध विद्वान् टीका शेर्पाले जानकारी दिए ।

केही तामाङ समुदायले आजकै दिन सोनाम ल्होसार पर्व मनाएका छन् । केहीले भने पञ्चाङ्ग निर्णयक समितिले कायम गरेको तिथिमा गत माघ ४ गते सो पर्व मनाएका
थिए ।