सूचना प्रविधि

इन्टरनेट कम्पनीहरुको बद्मासी र निकम्मा संचार मन्त्रालय

काठमाण्डौ । २१ औं शताब्दीमा इन्टरनेट अति नै आवश्यक भएको छ । ईन्टरनेटका कारण संसार नै साँघुरो भएको यो अवस्थामा ईन्टरनेट कम्पनीहरुले गैरजिम्मेवार ढंगले सेवा प्रबाह नगर्नाले प्रयोगकर्ताहरु हैरान भएका छन् ।

इन्टरनेट ५ दिन सम्म नचन्दा समेत कम्पनीले समाधानको उपाय खोज्दैन । वर्डल लिंक, क्लासिक टेक, सुबिसु, भायो नेट, वेवसफर, युटिएल, एडिएसएल, एनसेल लगायतका धेरै ईन्टरनेट कम्पनीहरु खुलिसकेका छन् ।
कतिपयले सामाजिक सञ्जालमा दुखेसो पोखेको देख्न सकिन्छ भने कतिपयले एउटा कम्पनीको सेवा अबरुद्ध गरि अर्को कम्पनीको सेवा जडान गर्दछन् । तर ज्ुन कम्पनीको ईन्टरनेट जडान गरेपनि सेवा राम्रो नभएको गुनासो उनीहरुको छ ।
कम्पनी चलाउन महंगो पर्ने ईन्टरनेट सेवा कम्पनीहरुले सेवा राम्रो दिन नसकेपनि अनुगमन गर्नुपर्ने निकायको बेवास्ताका कारण सेवाग्राही हैरान बनेका छन् ।

कम्पनीहरुले सेवा कम दिएपछि बिदेशमा आफ्न्त भएका नेपालीहरुले म्यासेन्जर, भाईबर लगायतका संचारमाद्यमबाट कुराकानी गर्दा नबुझिने, कुरा गर्दागर्दै लाईन काटिने हुन्छ भने कहिलेकाँही सेवा नै अबरुद्ध हुनाले झनै समस्या हुन्छ ।

कस्टमर केयर सेन्टरले राखेका टेलिफोनहरुले मर्मत गर्ने उत्तर दएिपनि कहिलेकाँही एकहप्ता सम्म नै ईन्टरनेट चल्दैन, कम्पनीले पैसा भने पुरै महिनाको लिन्छ, कलंकीकी रचना रिजालले भनिन् । ईन्टरनेट सेवामा फ्रि वाईफाई भनेर कतिपय स्थानमा टाँसिएको भएपनि त्यो कामै नलाग्ने हुने नयाँबानेश्वर ह्वाईटहाउस कलेजमा अध्ययनरत मनोज थापाले सुर्यखबरलाई बताए ।  वल्र्ड लिंकको सुबिधा भने राम्रो भएको केहि सेवाग्राहीहरुहरुले बताए ।

इन्टरनेट यति स्पीडको, सस्तो र फाष्ट चल्ने भनेपनि कम्पनीहरुले राम्रो सेवा नदिएको गुनासो आउने गरेको संचार मन्त्रालयका एक कर्मचारीले सुर्यखबरलाई बताए । मन्त्रालयले कम्पनीहरुलाई अनुगमन गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने धारण उनको छ । उनका अनुसार कम्पनीहरुले गुणस्तर बढाउनतिर लाग्नुपर्दछ, उनीहरुले गुणस्तर नबढाए, उपभोक्तालाई राम्रो सुबिधा नदिए कम्पनी बन्द गर्ने सम्मको कानुन ल्याउन जरुरी छ ।