पु.समाचार

डिस्कोमा झगडा गरेको आरोपमा प्रहरीका सई पक्राउ

काठमाडौँ । मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान १ बजेतिर मादक पदार्थ सेवन गरी सादा पोशाकमा दरबारमागस्थित ‘आई क्लब’ मा पसेका श्रेष्ठले क्लब सञ्चालक र त्यहाँ रहेका अन्य व्यक्तिसँग झगडा गर्नुका साथै होहल्ला गरेका थिए ।

सो क्रममा उनले हतियारसमेत प्रदर्शन गरेको आरोप लागेको छ ।
श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको काठमाडौंँ महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।