राजनीति

एकातिर जनयुद्ध दिबश अर्कोतिर, माओवादी पीडितको धर्ना

काठमाडौँ । नेपाल माओवादी पीडित संघले तत्कालीन नेकपा (माओवादी) ले पटकपटक सत्तामा पुगे पनि पीडितप्रति उत्तरदायी नभएको आरोप लगाएको छ ।

माओवादीले सशस्त्र युद्ध शुरु गरेको आजको दिनलाई शोक दिवसका रुपमा मनाउँदै संघले आन्दोलनको नाममा जस्तोसुकै अपराधको छुट पाएर निर्दोष व्यक्तिलाई तत्कालीन राज्यपक्षको निशाना पर्न बाध्य पारिनु निन्दनीय भएको जनाएको छ ।

संघका अध्यक्ष कल्याण बुढाथोकीले कानुनलाई हातमा लिई पीडक पुरस्कृत र पीडित दण्डित हुने अवस्था आउनु आश्चर्यजनक भएको बताए ।

संघले द्वन्द्वकालीन समयमा भएका घटना दुःखदायी भएको स्मरण गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।
एकातिर माओबादीले जनयुद्ध दिबश मनाईरहेको थियो भने अर्कोतिर पीडितहरु उसको जनयुद्धको कृयाकलापको बिरुद्ध धर्ना बसेको थियो ।