पु.समाचार

प्रदेश नं १ मा सरकार गठनको यस्तो छ तयारी

विराटनगर । प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया शुरु भइसकेको छ । प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि नेकपा (एमाले)को औपचारिकपत्र प्रदेश सचिवालयका सचिव रामकृष्ण गुरागाईंलाई बुझाएपछि सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता टङ्क आङबुहाङले पनि राईलाई समर्थन गरेको पत्र सचिव रामकृष्ण गुरागार्इंलाई बुझाए ।

प्रदेश नं १ मा नेकपा (एमाले)को स्पष्ट बहुमत छ । ९३ सदस्यीय यस प्रदेशसभामा नेकपा (एमाले)का मात्र ५१ सदस्य छन् । यसबाहेक नेकपा (माओवादी केन्द्र)को १५ प्रदेशसभा सदस्य छन् ।

नेकपा (एमाले)ले प्रदेश नं १ को संसदीय दलको नेतामा शेरधन राईलाई चयन गरिसकेको छ । नेकपा ९एमाले०बाट निर्वाचित प्रदेशसभा सदस्य जीवन घिमिरेले सम्भवतः भोलि अर्थात् बुधबार प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नेछन् । फागुन ३ गते मुख्यमन्त्रीको शपथग्रहण हुने पनि उहाँले जानकारी गराए ।