राजनीति

प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त बनाउनेः नेता राई

काठमाडौँ । नेकपा एमाले प्रदेश नं १ संसदीय दलका नेता शेरधन राईले आफूले प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त बनाउने बताएका छन् ।

आज यहाँ रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने– “आफू नेतृत्वको प्रदेश सरकारले भ्रष्टाचारको विरुद्धमा कठोर कदम चाल्ने तथा भ्रष्टाचारलाई शून्यमा झार्ने छ ।”

नेता राईले आफू फागुन ३ गते प्रदेश नं १ को मुख्यमन्त्रीको शपथग्रहण लिने बताउँदै सोही दिन सानो मन्त्रिपरिषद् बनाउने जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने बताउँदै उनले यही आधारमा एमाले र माओवादी केन्द्रबीच एकता हुने धारणा व्यक्त गरे ।

नेता राईले भने, “दुई पार्टी बीचको एकताबारे अब शंका गर्ने कुनै ठाउँ छैन, एमाले अध्यक्ष ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्नुहुन्छ ।”

औद्योगिक विकास गरी प्रदेशलाई समृद्ध बनाउन नसकिने बताउँदै प्रदेश नं। १ को नामांकन र प्रदेशको स्थायी राजधानी प्रदेशसभाले तोक्ने बताए ।

सत्य निरुपण तथा बेपत्ता आयोगले पीडितको पक्षमा काम गर्न सकेन्
द्वन्द्वपीडित न्यायिक संघर्ष समिति नेपालले आफूहरुका मागवारे सरकारले तत्काल सम्बोधन नगरे जुनसुकै कदम चाल्न बाध्य हुने जानकारी दिइयो ।

रिपोर्टर्स क्लब नेपालमा द्वन्द्वपीडित न्यायिक संघर्ष समितिका अध्यक्ष कालीबहादुर घर्तिमगरले सत्य निरुपण तथा बेपत्ता आयोगले पीडितको पक्षमा काम गर्न नसकेको जानकारी दिँदै हाम्रो नाममा जागिर खान आएकाले कुनै काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, “नेपालमा सबैलाई बाँच्न पाउने अधिकार छ, यो अधिकारबाट हामीलाई उपभोग गर्न वञ्चित गरियो ।”

“पैत्तृक सम्पति र हाम्रा दाजुभाइ गुमेका छन्, ज्युँदै जलाइएको छ, बेपत्ता पारिएको छ, रोल्पा दुव्रिङ गाविसकी जैसरी रोकाको श्रीमान् बेपत्ता भएको १५ वर्ष भएको छ, अझै उनको कुनै खोजखबर भएको छैन,” अध्यक्ष घर्तिमगरले भने ।

उनले छोराको न्यायका लागि अनशन बसेकी गोरखा फुजेलकी गंगामायाका बारेमा सरकार गम्भीर नहुनु न्यायिक संकट परेको पनि टिप्पणी गरे ।