आर्थिक

मुलुकमा स्थाइ सरकार आएपछि लगानीको वातावरण बन्छ-उपाध्यक्ष ढकाल

लमजुङ्ग । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आइ पर्याप्तमात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गरेका छन् ।

जलविधुत र पर्यटन जस्ता क्षेत्रमालगानी बढाउन आवश्यक रहेको कुरामाजोड दिँदै उपाध्यक्ष ढकालले ब्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उधोगी–व्यवसायीहरुलाई सहयोग पु¥याउने कार्यमा नेपाल उधोग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताए ।

लमजुङ्गउद्योग वाणिज्य संघको आयोजनामा लमजुङ्गस्थित बेशीसहरमा आयोजित दोस्रो बेशीसहर महोत्वसलाई प्रमुख अतिथीको रुपमा सम्बोधनगर्दै ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।

लमजुङ्ग जिल्ला जलश्रोतले सम्पन्न भएको र त्यस्तो अपार जलश्रोतलाई उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै पर्यटन र जलविधुत नेपालको दिगो आर्थिक विकासकालागिमहत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख गरे । ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न लब्धप्रतिष्ठीत व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामना ब्यक्तगरेका थिए ।