आर्थिक

ग्लोबल आइएमई बैंकको ६९औँ शाखारहित बैंकिङ्ग सेवा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले सोमबार देखिएक सखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले रोल्पा जिल्लाको माडी गाउँपालिका २, घर्तीगाँउमा आफ्नो ६९औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । माडी गाउँपालिका २, घर्तीगाँउमा खोलिएको सेवाको माघ २९ गते सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुन ज्यूले एक समारोहका बीच उद्घाटन गरेका थिए । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।