राजनीति

मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ

हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराएकी छन् ।

प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरेकी थिईन् । नेकपा (एमाले) का तर्फबाट मकवानपुर–१(ख)बाट निर्वा्चित भएका उनी प्रदेश नं ३ को संसदीय दलका नेता हुन् ।
शपथग्रहण समारोहमा ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ उपसभामुख राधिका तामाङ नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जमरकट्टेल र प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सहभागिता थियो ।