पु.समाचार

जनजाती पत्रकार उदयपुरको अध्यक्षमा राई निर्वाचित

गाईघाट, उदयपुर । नेपाल आदिवासी तथा जनजाति महासंघ आबद्ध भ्रातृ संगठन आदिवासी तथा जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुर जिल्लाको तेस्रो अधिवेशनले पत्रकार सुपराज राईको अध्यक्षता नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
आइतबार सम्पन्न अधिवेशनमा राईले अर्का प्रतिद्वन्द्वी पत्रकार देवराज राईलाई पराजित गर्दै अध्यक्षमा विजयी भएको हो ।
यस्तै, उपाध्यक्षमा उर्मिला दनुवार ,सचिवमा ईश्वर बलाम्पाकी मगर, कोषाध्यक्षमा टम्पसेर राई र सहसचिवमा गंगा राई निर्वाचित भएका छन् । । अन्य सदस्यहरुमा रुपा राई, बिन्द्र राई, दीपेश्वर चौधरीसहित १३ जना जिल्ला कार्यसमिति गठन भएको फोनिज उदयपुरले जनाएको छ ।

यस्तै, केन्द्रीय पार्षदमा भोटराज राई, प्रकाश राई, विश्वराज तामाङ र ऋषि राई निर्वाचित भएका छन् । प्रदेशका पार्षदमा जयन्ती तामाङ, विक्रम राई र बिन्द्र राई सहितका पत्रकार निर्विरोध निर्वाचित भएका छन् ।