समाचार

लिम्बूले यसरी गरे खुकुरी प्रहार आफ्नै श्रीमतीको हत्या गर्न

उर्लाबारी, मोरङ । मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

पैनीमा डुबेर मृत्यु

यस्तै मोरङको रंगेली नगरपालिकामा पैनीमा शनिबार एक महिलाको रंगेली नगरपालिका–८ झमनपुरस्थित पैनीमा डुबेर मृत्यु भएको छ । रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।