राजनीति

प्रदेश नं ३ को सभामुखमा श्रेष्ठ निर्विरोध

हेटौँडा । प्रदेश नं ३ को प्रदेश सभामुखमा नेकपा ९एमाले०का सानुकुमार श्रेष्ठ आज निर्विरोध चयन भएका छन् । निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

मनोनयनका लागि दिइएको समयभित्र उनको मात्र उम्मेदवारी परेको ३ नं प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए । श्रेष्ठको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का सालिकराम जमरकट्टेल र समर्थक नेकपा (एमाले)का रामेश्वर फुँयाल रहहेका थिए । निर्विरोध निर्वाचित सभामुख श्रेष्ठ काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वर निवासी हुन् ।

यसैबीच अहिले अपराह्न तीन बजे वस्ने प्रदेश नं ३ को संसद् वैठकले निर्वाचनको परिणाम घोषणा गर्ने तयारी भइरहेको प्रदेशसभा संसद् सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिए ।