पु.समाचार

प्रहरी प्रशिक्षण प्रतिष्ठानको २६औं वार्षिकोत्सव

काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको २६औँ वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भातृत्व र सहकार्यको भावसहित आज ‘हिँडौंँ साथ साथ ’कार्यक्रम आयोजना गरिएको छ ।
प्रहरी महानिरीक्षक प्रकाश अर्याल र पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहद्वारा बेलुनमा बाँधिएको “हिँडौंँ साथ साथ” लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले नेपाल प्रहरीको विगत, वर्तमान र भविष्य दिए ।
कार्यक्रम समापनको अवसरमा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहले प्रहरी अधिकृतमा सामूहिक तथा भाइचाराको भावना विकास गर्ने यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने भनाइ राखे ।

उक्त प्रतिष्ठानबाट पेशागत तालीम प्राप्त गरी विभिन्न समयमा दीक्षित भई व्यावसायिक जीवनको विभिन्न तह र तप्कामा पुगेका प्रहरी अधिकृत र सेवानिवृत्त प्रहरी अधिकृत बीचमा बन्धुत्वभाव जगाउँदै समन्वय र सहकार्य सदैव कायम राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।