मनोरञ्जन

मिस सबिना भन्छिन्, ‘बैंकको सीईओ बन्ने इच्छा छ’

पुरुसोत्तम पौडेल/पोखरा । मिस कल्चर नेपालकी फष्ट रनर अप सबिना बराल हाल ला–ग्रेण्डी ईन्टरनेशनल कलेज बीबीए प्रथम बर्ष प्रथम सेमेष्टरमा अध्ययन गरिरहेकी छन् । १२ बर्ष अगाडिबाट सबिनाका बाबा बेपत्ता भएपछि पोखराको कालीमाटीमा माया खाजाघर संचालन गरेर ममीले हुर्काएर बढाएकोमा गर्व गर्ने बराल पछि बैंक सीओई बन्ने ईच्छा राख्छिन् ।

ममीका साथसाथै गण्डकी मेडिकल कलेजमा नर्सिंङ काम गरिरहेकी दिदीलाई पनि उनले मिस गरिरहन्छिन् । ०५६ साल जेठ १ गते बिहीबार जन्मिएकी बराल मोडिलिङमा ईच्छा भएपनि पढाईलाई प्राथमिता दिनुपरेका कारण उनले समय दिन पाएकी छैनन् । मिस कल्चर २०१७ को फष्ट रनर अप भएपछि आफूलाई प्रौड फिल भएको बताईन् ।
उनले आफू एएमबिए नेपालमै अध्ययन गरेर बैंकिङ क्षेत्रको प्रबेशसंगै बैंकिङ क्षेत्रलाई नै सुधार गर्ने उद्येश्य राखी कुनै बैंकको सीईओ बन्ने उद्येश्य रहेको बताउछिन् ।
बिहाको बारेमा कुरा गर्दा त्यो आफूले अहिलेसम्म नसोचेको बताईन् । आफूलाई सबैभन्दा बढी माया ममी र त्यसपछि दिदी उनले भनिन् ।

खानेकुरामा आफूलाई चक्लेट असाध्यै मन पर्ने बताईन् । आफूलाइ आफू जन्मेको पोखरा  सबैभन्दा बढी मन पर्ने स्थान भएको पनि उनले खुलाईन । सबिनाले बेष्ट स्माईल अवार्ड समेत हात पारेकी थिईन् । उक्त समयमा मिस कल्चर नेपाल भने बिना सिलवाल बनेकी थिईन् ।
सबिना बराल, एल पी देबकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलमा ७० प्रतिशत र श्री सरस्वति उच्च माबि नवलपरासीमा प्लस टु ७२ प्रतिशत अंक ल्याइ कलेज टप गरिन् ।

बिश्वको सबै भन्दा राम्रो देश आफूलाई अष्ट्रेलीया लाग्ने बताउदै उनले आफू नेपालमा बसेर केही गर्ने ईच्छा भएपनि घुम्नका लागि भने फष्ट डिष्टिनेशन अष्ट्रेलीया भएको बताईन् ।

लभ रेको छैन, गर्ने सोचमा पनि छैन, पर्पोज आईरहन्छन् तर त्यसलाई प्राथमिकता दिने मोडमा छैन,उनले भनिन्, पहिले क्यारियर बनाई ममीलाई सपना पुरा गरेर त्यता सोच्ने हो, थपिन् । राजनीतितिर त्यति ईच्छा छैन तर पछि राजनीतिलाई समाजसेवाको रुपमा सोच्ने बिचारमा छु ।