राजनीति

एमाले प्रदेश नं १ः संसदीय दलका नेतामा राई

विराटनगर । नेकपा(एमाले) प्रदेश नंं १को संसदीय दलका नेतामा शेरधन राई निर्वाचित भएका छन् । राई भोजपुरबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।
जिल्ला समन्वय समितिस्थित संसदीय कार्यालयमा आज सम्पन्न निर्वाचनमा राईले २६ र उनका निकटतम प्रतिद्वन्द्वी भीम आचार्यले २४ मत प्राप्त गरेका थिए । एकमत बदर भएको छ । प्रदेश नं १ मा एमालेका ५१ प्रदेशसभा सदस्य छन् ।
सोही अवसरमा प्रदेश नं १ मा संसदीय दलको निर्वाचनका लागि गठित तीन सदस्यीय निर्वाचन टोलीले निर्वाचित राईलाई प्रमाणपत्र प्रदान ग¥यो । सञ्चारकर्मीसँग कुरा गर्दै नेता राईले संसदीय दलको बैठक बसेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए । संसदीय दलको नेतामा निर्वाचनमा पराजित आचार्यले अब आफूपार्टीको कार्यमा जुट्ने बताए । प्रदेश नं १ मा सभामुखको चयन यही माघ २९ गते हुँदैछ ।