राजनीति

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बालुवाटारमा, सरकार गठन मुख्य एजेण्डा

काठमाण्डौं । सरकारबाट बाहिरिने तयारी गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

नयाँ संविधानअनुसार प्रदेशसभा निर्वाचन भएपछि कांग्रेसले केन्द्रीय सदस्य मीनेन्द्र रिजालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको ।

प्रदेशसभा गठन र सन्चालन सम्वन्धी विधान बैठकको एजेण्डा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘संसदीय दलको विधानको विषयमा छलफल गर्न भनेर बैठक बस्न लागेको हो,’ उनले भने ।

डा। मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसलाई छलफल गरी पारित गर्ने उनले जानकारी दिए । बैठकमा नयाँ सरकार गठन, प्रतिनिधिसभाको समानुपातिक, सिट बाँडफाट, प्रदेश सरकारका पदहरुमा उम्मेदवारीलगायतका विषयले प्रवेश पाउने बताइएको छ ।

राष्ट्रियसभा निर्वाचनको परिणामसमेत आइसकेकाले अब नयाँ सरकार गठनको बाटो खुलेकाले सरकारबाट राजीनामा दिने कि नदिने भन्ने विषयमा पनि छलफल हुने अनुमान छ ।

कतिपय कांग्रेस नेताहरुले भने सरकार कामचलाउ भइसकेकाले प्रधानमन्त्रीले राजीनामा दिइराख्नु नपर्ने बताउँछन् । कांग्रेस प्रवक्ता शर्माले के गर्ने भन्ने कुरा शुक्रबार साँझसम्म टुंगो लाग्ने बताए ।