अन्तर्राष्ट्रिय

चीनले एयू विरुद्ध जासूसी गरेको छैनः फाकी

बेइजिङ, चीन । चीनले अफ्रिकन यूनियन (एयू) विरुद्ध जासुसी गरेको भन्ने भनाई खाली हल्ला मात्र भएको एयू अध्यक्ष मोउसा फाकी महमतले बिहीबार बताएका छन्।
बेइजिङमा भएको सातौँ चीन–एयू रणनीतिक वार्ताको सह–आयोजनापछि चिनियाँ विदेशमन्त्री वाङ यीसँग गरेको संयुक्त पत्रकार सम्मेलनमा फाकीले चीनले एयू बिरुद्ध जासूसी गरेको भनाई निराधार कुरा भएको बताएका हुन् ।
फाकीले एयू प्रमुखको जिम्मेवारी सन् २०१७ मा सम्हालेपछि भएको उहाँको या पहिलोे चीन भ्रमण हो ।
फाकीले भन्नुभयो, चीन र एयूबीचको सम्बन्ध ‘नडगमगाउने’ खालको भएको बताउँदै बजारमा आएका हल्लाले सम्बन्धमा प्रभाव नपार्ने बताए । उनको कथन थियो, चीनलाई एयू विरुद्ध जासुसी गर्नु अनावश्यक र असम्भव छ ।
फ्रान्सको पत्रिकाले मोन्डेले एयू सम्मेलन केन्द्रमा जासुसी यन्त्र जडान गरी बनाएको र संघलाई सन् २०१२ मा उपहार दिएको तथा यसको सहायतामा गोप्य तथ्याङ्क लिने गरेको भनी उल्लेख गरेपछि यसबारे विश्वभर तरङ्ग पैदा गरेको थियो ।
अहिले हामीले अफ्रिकी जनताको फाइदाका लागि चीनसँग अझबढी सहकार्य गर्न चाहेका छौँ । यस्ता हल्लाले हामीलाई टुटाउने छैन , फाकीले सञ्चारकर्मीसँग बताए ।
एयू सम्मेलन केन्द्र चीन–अफ्रिका मित्रता र सहकार्यको प्रतीक भएको बताउँदै चिनियाँ विदेश मन्त्री वाङले चीन कुनै पनि व्यक्ति वा शक्तिलाई आफूहरूको पारस्परिक सम्बन्धमा समस्या ल्याउन दिने छैन भने ।