खेलकुद

नेपालले पायो १३९ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नामिबियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।

नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस हारेपछि नामिबियाले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३४।२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो ।

नामिबियाका लागि क्रेग विलियम्सले ४१ रन तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२/२२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले चार, सोमपाल कामीले तीन तथा सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले एक÷एक विकेट लिए ।

अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।