राजनीति

बरिष्ठ नेता खनाल भन्छन्, ‘अबको एमाले अध्यक्ष प्रचण्ड हुन्, प्रधानमन्त्री भने ओली’

काठमाण्डौ । नेकपा एमालेका बरष्ठ नेता झलनाथ खनालले नेकपा एमालेको अध्यक्ष पुष्पकमल दहाल हुंदा फरक नपर्ने बिचार ब्यक्त गरेका छन् । बुधबार एक टेलिभिजनको अन्तरवार्ताका क्रममा पूर्ब प्रधानमनत्री समेत रहेका नेता खनालले पार्टी एकीकरण हुने भनिएपछि मेरो गोरुको बाह्रै टक्का भन्न नहुने बिचार राखेका छन् ।

‘०६२/.६३ को दोस्रो जनआन्दोलन पश्चात माओबादी सच्चिदै गएको दाबी गर्दै कम्न्युष्टहरु मिल्नुको बिकल्प नभएको बताएका छन् ।
पर्टीको संस्थागत निर्णय नभएपनि मेरो ब्यक्तीगत बिचारमा केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ । ब्यक्तीगत रुपमा यसो भन्न मिल्थ्यो वा मिल्दैनथ्यो, प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्दा मलाई त आपत्ति छैन । जब पार्टी एकीकृत भएर जान्छ त्यसमा कसैले पनि आपत्ति मान्नुपर्ने स्थिति छैन जस्तो मलाइ लाग्छ’ खनालले उक्त बिचार ब्यक्त गरे ।

एमाले अध्यक्ष ओली आफू नै अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता हुंने बिचार उनी निकटका नेताहरु महासचिब ईश्वर पोख्रेल, प्रदीप ज्ञवाली लगायतले राखिरहेका बेला नेकपा एमालेका निबर्तमान अध्यक्ष समेत रहेका नेता खनालको उक्त बिचार आउनु बाम एकीकरणको बिषयमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपा एमालेमा माधब नेपा गुटमा रहेका नेता खनाल स्पष्ट वक्ता भएपनि नेता नेपाल पक्षका अन्य युवा नेताहरुले जबजलाई नै स्वीकार गरेर माओबादी एमालेसँग मिल्न आउनुपर्ने बिचार ब्यक्त गरिरहेका छन् । एमालेको माथील्लो शक्तीमात्र नभएर तलका कार्यकर्ता समेत माओबादीलाई स्थान दिने हिशाबले मनकारी भएका देदिैनन् तर बरियताक्रममा अध्यक्ष ओलीपछिका नेता खनालको उक्त अभिब्यक्तीले कत्तिको महत्वपूर्ण भूमिका खेल्छ त्यो भने हेर्न बाँकी छ ।

एमाले अध्यक्ष ओली पक्षका नेताहरु सरकार बनेपछि बिस्तारै पार्टी एकता गर्ने बिचार ब्यक्त गरिरहेका छन् भने माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल सरकार बन्नुभन्दा अगाडि नै पार्टी एकता हुनुपर्ने बिचार ब्यक्त गरिरहेका छन् । यदाकदा अध्यक्ष दहालले आफूहरुलाई फुटाउन ठूलै शक्तीको चलखेल भएको समेत बताउने गरेका छन् ।

एमालेमा स्पष्ट मेजरिटी भएको ओली पक्षले कुनै हालतमा केन्द्रका अध्यक्ष दहाललाई अध्यक्ष नदिने र माओबादी केन्द्रले बाम एकता हुंदा आफूलाई अध्यक्ष चाहिने होड चलेमा एकता कुनैपनिबेला टुट्न सक्छ ।

नेपाली काँग्रेससँग मिलेर सरकार बनाएमा ५ बर्ष प्रधानमन्त्री बन्न पाउने बिश्वाशिलो आधार हुँदाहुंदैपनि एमालेमा अध्यक्ष बन्न नजान आफ्नै पार्टीका नेताहरुको बलियो दबाब भएपनि पुत्र बियोगमा रहेका अध्यक्ष दहालले उल्टै उनीहरुलाई सम्झाउने गरेको बताईन्त्र ।