सूचना प्रविधि

एनसेलले ल्यायो भ्यालेन्टाइन प्याकहरु, भिडियो च्याटको मजालिन सक्ने

काठमाडौं । एनसेलका ग्राहकले आउदो भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजालिन सक्नेछन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेलले आफ्ना ग्राहककालागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ, जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउने छ ।
असिमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर यहीबिहिबार (माघ २५) देखि १५ दिनको लागि लागु हुनेछ ।

अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहितमात्र रु १५ मा असिमित भ्वाइस प्याकलिई विहान ५ बजे देखि बेलुका ५ बजे सम्मएनसेलको नेटवर्क भित्रकुनै पनि नम्बरमा असिमित कुराकानिको मजालिन सक्नेछन् । ग्राहकले १७११४ डायल गरि प्राप्तजानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागिमान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुनेछ ।

साथै, आफ्ना प्रियजनसँग भिडियो च्याट गर्न रुचाउने ग्राहकले यस अफर अन्तर्गत कर सहितमात्र रु २० मा एक घण्टाको लागि निरन्तर डेटा उपलब्ध गराउने असिमित डेटा प्याकलिई आफ्ना प्रियजनसँग निरन्तर भिडियो च्याटको मजालिन सक्नेछन् । यो डेटा अफरको लाभ लिन ग्राहकले एस्टिक्«स १७११४ ह्यास् डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । ग्राहकले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन् ।

निरन्तर ईन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाको लागिमान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् ।

यस भ्यालेनटाइन सिजनमा ल्याइएका यी आकर्षक भ्वाइस र डेटा अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।