समाचार

छ वटै प्रदेशमा राष्ट्रिय सभा निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न, केहीबेरमा मतगणना हुने

काठमाडौ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सात प्रदेशमध्ये ६ वटा प्रदेशमा आज बिहान १० बजेबाट सुरु भएको मतदान कार्य भर्खरै सम्पन्न भएको छ । आज दिनको ३ बजेसम्म शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्बाचन आयोगले जनाएको छ । सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार करिब ९९ प्रतिशत मतदान भएको छ ।

प्रदेश नम्बर २ बाहेक ६ प्रदेशमा गरी कुल एक हजार ६७७ जना मतदाता मतदाताले मताधिकार प्रयोग गर्ने अधिकार अनुसार मतदानमा भाग लिएका थिए । । कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका छन् । प्रत्येक प्रदेशबाट आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
उक्त कुरा आयोगका उपसचिब महेशराज तिमिल्सिनाले बताएका छन् ।