पु.समाचार

बलत्कारका घटना दिनानुदिन बढ्दै, आज भक्तपुरमा आरोपित दुई पक्राउ

भक्तपुर । काठमाण्डौको दरबारमार्ग र सुनसरीको ईटहरीमा बलत्कारका घटनाको रहश्य बढ्दैजाँदा आज प्रहरीले भक्तपुरमा दुई ब्यक्तीलाई बलत्कारको आरोपमा पक्राउ गरेको छ । आज भक्तपुरमा बलात्कारका घटनामा संलग्न रहेको आरोपमा आज प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

चार वर्षीया एक बालिका र अर्की ३४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको समाचार छ । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित श्री इँटा भट्टामा काम गर्ने ४५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सुर्खेत घर भई हाल श्री भट्टामा काम गर्ने ३८ वर्षीया कर्णबहादुर पुनलाई आज पक्राउ गरेको हो ।

तीन दिनअघि बलात्कारमा परेकी पीडितले जाहेरी दिएपछि फरार रहेका पुनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

त्यसैगरी, चाँगुनारायण नगरपालिका–४ की पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आजै ललितपुर बुङ्मती स्थायी घर भई भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको छ ।

तामाङले बालिकालाई जबरजस्ती बलात्कार गरेको पीडितका परिवारले प्रहरीलाई जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको हो ।