अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा ३७ तालिवान आतंककारी मारिए

फैजावाद, अफगानिस्तान । अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको अफगान सेनाको हवाई कारबाहीमा परी ३७ जना तालिवान आतंककारी मारिएका छन् ।

तालिवान लक्षित यो कारबाही पूर्वी प्रान्त लाघमान र उत्तरी प्रान्तहरु बादख्सान र सारीपुलमा जारी रहेको सैनिक प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

सो कारबाही गत शनिबारबाट शुरु भएको पनि उनले बताएका छन् । सरकारी सुरक्षाबलले हेलिकोप्टरबाट सो कारबाही गरेको प्रवक्ता नुस्रातुल्लाह जमसिदीले बताएका छन्

बादख्सानको वार्डोज जिल्लामा भएको यस कारबाहीमा अन्य छ जना तालिवान आतंककारी घाइते भएका जनाइएको छ ।

त्यसैगरी कारबाहीमा परी अरु केही आतंककारी घाइते भएका छन् । यसको यकिन संख्या भने दिइएको छैन ।

केही समययता आतंककारीविरुद्ध गरिने हवाई आक्रमण बढाइएको अफगान रक्षा मन्त्रालयका प्रवक्ता जनरल दौउलत वाजिरीले बताएका छन् ।

यस कारबाहीको विषयमा तालिवान आतंककारीले केही टिप्पणी गरेका छैनन् ।