अन्तर्राष्ट्रिय

साउथ क्यारोलिना रेल दुर्घटनामा दुुईको मृत्यु, ७० जना घाइते

संयुक्त राज्य अमेरिका । अमेरिकाको साउथ क्यारोलिनामा आइतबार दुई रेल एक आपसमा ठक्कर खाँदा कम्तिमा दुई जना यात्रुको निधन भएको स्थानीय अधिकारीले बताएका छन् ।
घटनामा ७० जनाभन्दा बढी यात्रु घाइते भएका बताइएको छ ।

न्यूयोर्कबाट मायमीतर्फ १३९ जना यात्रु लिएर हिडिरहेको आमट्रयाक रेलका दुई जनाको मृत्यु भएको लेक्सिङकन काउन्टीका जनसम्पर्क अधिकारी मार्गरेट फिसरले बताए ।

घाइतेमध्ये केहीको हातखुट्टाको हाड भाँचिएका र धेरैको विभिन्न स्थानमा काटेका साना तथा ठूला घाउहरू देखिएको एक प्रत्यक्षदर्शीले बताए ।

राष्ट्रिय यातायात सुरक्षा समितिले घटनास्थलमा अनुसन्धान अधिकारी पुगेको र दुर्घटनाको कारण बिषयमा अनुसन्धानपछि मात्र बताउन मिल्ने बताएको छ ।

दुर्घटनापछि आर्मट्रयाक रेलको इन्जिन रेलको लिकबाट छुट्टिएर भुईमा लडेको तथास्थानीय तथा सुरक्षाकर्मीहरूले रेलमा रहेका यात्रुहरूको उद्धार गरिरहेको टेलिभिजनबाट प्रशारित भिडियोमा देखाइएको छ ।
केही यात्रु गम्भीर रूपमा घाइते भएको भन्दै स्थानीय अधिकारीले मृतक सङ्ख्या थपिनसक्ने बताए ।