पु.समाचार

कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज

अछाम । पूर्व पश्चिम जोड्ने पुष्पलाल ९मध्य पहाडी० लोक मार्गअन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज हुने भएको छ ।

मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई सय मिटरको छ । लोकमार्गका ४८ पक्की पुल निर्माण भइसकेका र ३२ पुल निमार्णाधीन अवस्थामा रहेको आयोजना प्रमुख सुरेन्द्र थारले जानकारी दिए । ०६६ सालबाट निर्माण कार्य थालिएको उक्त पुल रु साढे २२ करोडको लागतमा निर्माण सम्पन्न भएको थारले जानकारी दिए।

पक्की पुल बनेसँगै स्थानीयवासी निकै खुशी भएका छन् । नदी वारपार गर्न ‘फेरी’को साहारा लिएर जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो पक्की पुलले गाडी मोटरलाई मात्र हैन हामीलाई पनि आवत जावतमा सजिलो भएको छ स्थानीयवासी मीना नेपालीले खुशी व्यक्त गरे । अछामको बयाला गाविस घर भएकी मीनाले नेपालगन्ज, काठमाडौँ जाने क्रममा कयौँ पटक डुंगाको कठिन यात्रा गरेको सुनाए। अब जोखिमको यात्रा गर्नु पर्दैन खुशी हुँदै उनले भने ।

डुंगाको जोखिमपूर्ण यात्रामा नदी तर्ने क्रममा डुंगा पल्टिएर कयौँ मानिसले ज्यान गुमाउनु परेको थियो भने कयौँ आफन्तका खुशी खोसेको थियो कर्णालीले । स्थानीयवासी धनबहादुर बोहरा भने पक्की पुल बनेसँगै अब मालसामान आपूर्ति गर्न मात्र हैन स्थानीयवासीले उत्पादन गरेको तरकारीले पनि बजार पाउनेमा ढुक्क छन् ।
संघसंस्थाले तरकारी र फलफूल खेती गर्न सिकायो तालीम लियौँ तर बजार नहुँदा स्थानीयवासीले आफूलाई खान पुग्ने गरी मात्र उत्पादन गर्ने गरेको उनले सुनाए । ०६४ सालबाट निर्माण कार्य थालिएको लोकमार्गले पूर्वी नेपालको नुवाकोटदेखि पश्चिम नेपालको बैतडीलाई जोड्नेछ । कूल एक हजार ७८६ किलोमिटर लम्बाइ रहेको पुष्पलाल (मध्य पहाडी) लोकमार्गले मध्य नेपालका २५ जिल्लाका २१५ बस्तीलाई जोडेको छ । यो आयोजना निर्माणपछि एक करोड जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ ।