साहित्य

रामप्रसाद राई प्रतिष्ठानले फागुनमा कविता महोत्सव गर्ने

काठमाडौँ । विसं २००७ को जनक्रान्तिका मुक्तियोद्धा रामप्रसाद राईको स्मृतिमा स्थापित रामप्रसाद राई स्मृति प्रतिष्ठानले राईको १०९ औँ जन्मजयन्तीका अवसरमा खुला राष्ट्रिय कविता महोत्सव आगामी फागुन २६ गते यहाँ आयोजना गर्ने भएको छ ।

कवितामार्फत राईको व्यक्तित्व, योगदान र कीर्तिलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका सचिव तथा कविता महोत्सव संयोजन समितिका संयोजक शशी लुमुम्बूले बताए । कविता राईकै विषयमा आधारित हुनुपर्ने र बढीमा एक सय पचास शब्दका गद्य वा पद्य कविता बुझाउन सकिने बताउँदै प्रतिष्ठानक अध्यक्ष तारादेवी राईले महोत्सवमा सहभागी कवितामध्येबाट उत्कृष्ट पाँच कवितालाई पुरस्कृत गरिने जानकारी दिए ।