स्वास्थ्य

राष्ट्रपतिबाट जनकल्याण माविको स्वर्ण महोत्सव उद्घाटन

दामन, मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले थाहा नगरपालिका वडा नं ३ स्थित जनकल्याण माविको विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गरेकी छन् ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले विद्यालयको स्वर्ण महोत्सव स्तम्भ र कृषि प्रयोगशाला भवनको उद्घाटन गरेकी थिईन् ।
समारोहमा नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरेको छ । राष्ट्रपति भण्डारी यहाँ आइपुग्नुहुँदा प्रदेश नं ३ का प्रमुख सचिव रेश्मीराज पाण्डेलगायतले स्वागत गरेकी थिईन् । विद्यालयको कार्यक्रमपछि राष्ट्रपति भण्डारी चितवनको देवघाटस्थित धार्मिक महोत्सवमा सहभागी हुने कार्यक्रम छ ।