खेलकुद

उमा कुङफुको रेफ्री सेमिनार

काठमाण्डौ ।  नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार शनिबार बसुन्धारामा सम्पन्न भएको छ । सेमिनारमा उपत्यकासहित नुवाकोट, रसुवा, सोलखुम्बु, सिन्धुपाल्चोक, काभ्रे र धादिङका २१ खेलाडीको सहभागिता रहेको संयोजक रमेश महर्जनले जनाएका छन् ।
एकदिने सेमिनार आईकेएफ डेपुटी चेयरम्यान, उमा कुङफु संघका सचिव एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, उमा कुङफु संघका सदस्य एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जित राई तथा सिनियर खेलाडी एवं रेफ्री भूपेन्द्र गुरुङले सञ्चालन गरेका थिए । समाजसेवी कान्छा महर्जनले सेमिनारमा सहभागीलाई प्रमाण पत्र वितरण गरे ।
सेमिनार माघ ५ गतेदेखि नेपालटारमा हुने राष्ट्रिय खुला उमा कुङफु च्याम्पियनसिपलाई मध्यनजर गरी आयोजना गरिएको हो ।
एकदिने प्रतियोगितामा विभिन्न क्लब र जिल्लाबाट ८५ खेलाडीको सहभागिता रहने उमा कुङफु संघका सचिव लामाले जानकारी दिए । सान्डा किक बक्सिङको पुरुषमा ८ तथा महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ भने ट्रेडिसनल प्याटर्नको पुरुष÷महिलामा १–१ स्पर्धामा खेल हुनेछ ।