राजनीति

पूर्वप्रमहरुले कूटनीतिक मर्यादा उल्लंघन गर्नुभोः अध्यक्ष थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आउँदा पूर्व प्रधानमन्त्रीहरूले भेट गर्नु कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानविपरीत भएको बताएका छन् ।

उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री समेत रहेका मन्त्री थापाले आज हेटौँडामा राप्रपा, मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले व्यक्तिगत र दलीय स्वार्थका लागि भेट उपयुक्त भए पनि राष्ट्रिय स्वाभिमानविपरीत भएको उल्लेख गरे ।

फरक प्रसंगमा मन्त्री थापाले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जनताले देशमा राजनीतिक स्थिरता र बलियो सरकारका लागि वाम गठबन्धनलाई स्पष्ट जनादेश दिएकाले जनमतको कदर गर्दै वाम गठबन्धनलाई सरकार चलाउन दिनुपर्ने बताए ।

उनले प्रदेश नं. ३ को राजधानी हेटौँडा सडक तथा अन्य पूर्वाधारको आधारमा उपयुक्त रहेकाले स्थायी राजधानी हुने बताए । उनले देशमा बाम गठबन्धनको सरकार गठन भएपनि लोकतान्त्रिक गठबन्धनको विकल्प छैन भने ।