राजनीति

शेरधन राई गुम्बा सिलान्यासमा यस कारण बोलेनन् मूख्यमन्त्रीको बिषयमा

खोटाङ । प्रदेश नम्बर १ का मूख्यमनत्रीका दाबेदारसमेत रहेका नेकपा (एमाले)का नेता शेरधन राईले अब बन्ने नयाँ सरकारले देशमा स्थायी शान्ति र राजनीतिक स्थायित्व कायम गर्दै सामाजिक सुरक्षासहितको सम्मानको प्रत्याभूति गर्ने बताएका छन् ।

रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा निर्माण गर्न लागिएको ला ज्यालो वाङथोप गुम्बाको शुक्रबार शिलान्यास गर्दै पूर्वसूचना तथा सञ्चारमन्त्री राईले भने, “देशमा भौतिक पूर्वाधारको विकास गर्नुछ, प्रत्येक कुनाकुनालाई सडकबाट जोड्नु छ । प्रत्येकको घरमा बत्ती बाल्नु छ । घरघरमा पिउने पानीको धारा बिस्तार गर्नुछ । प्रत्येक गाउँमा शैक्षिक संस्था, अस्पताल खोल्नु छ । रोजगारीका अवसर सिर्जना गर्नु छ । अवसर खोज्दै बसाइँ सर्नुपर्ने बाध्यता अन्त्य गर्नुछ ।”
कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राईलगायतले सम्बोधन गरेका थिए । करिब रु २१ करोडको लागतमा निर्माण पूरा हुने गुम्बाका लागि स्थानीयवासी मेनुका तामाङले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । गुम्बा निर्माणपछि नुनथला धार्मिक पर्यटनको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
राईले उक्त कार्यक्रममा प्रदेश नम्बर १ को मूख्यमन्त्री बिषयमा भने बोलेनन् । आफू नै अब बन्ने प्रदेश सरकारको मूख्यमन्त्री भएको बोल्ने बानी परेका राईले उक्त बिषयमा नबोल्नुले भीम आचार्यको सम्भाबना बलियो भएको आँकलन गर्न सकिने एक एमाले प्रदेश साँसदले सुर्यखबरलाई बताए ।
भीम आचार्य र शेरधन राई जो मुख्यमनत्री हुँदा पनि एकअर्काको सहयोग आवश्यक पर्ने हुनाले राईले आचार्यलाई नबिच्क्याउन रणनीतिक भूमिका खेलेको हुन सक्ने पनि ती साँसदको बिश्लेशष छ ।